

१० महिनामा सशस्त्र प्रहरीले संकलन गरे ५ करोड राजस्व




इनरुवा । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा पाँच करोड एक लाख ९७ हजार ४ सय ४५ रुपैयाँ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले सुनाए।
यता, चालु आवको साउनमा ४७ लाख ३४ हजार ४ सय ६९ रुपैयाँ, भदौमा ६१ लाख पाँच हजार ५ सय २ रुपैयाँ, असोजमा ३२ लाख ९ हजार ५ सय ३६ रुपैयाँ, कात्तिकमा ३६ लाख ३७ हजार २ सय ७ रुपैयाँ, मङ्सिरमा ५२ लाख ९१ हजार ५ सय ६४ रुपैयाँ, पुसमा ७१ लाख ६८ हजार २ सय ९८ रुपैयाँ, माघमा ४० लाख ३२ हजार ६ सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
साथै। फागुनमा ४२ लाख ९५ हजार ६ सय ७२ रुपैयाँ, चैतमा ३४ लाख ५५ हजार ५ सय ५ रुपैयाँ, वैशाखमा ४७ लाख एक हजार ३ सय ८७ र जेठमा ३५ लाख ६५ हजार ५ सय ५० रुपैयाँ गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४ सय ४५ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।