

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम नेपाली बजारमा जारी




काठमाडौं । प्रभु क्यापिटलले आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम निष्कासन गरेको अवस्था छ ।
यता, स्कीममा प्रतिइकाई १० रुपैयाँका दरले खुलामुखी म्युचुअल फन्ड योजनाको एकाई निष्कासन गरेको जनाइएको हो ।
निष्कासन गरेको ४ करोड एकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक, ३० लाख एकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी एकाईमध्ये २ करोड ५० लाख एकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ ।
त्यस्तै, लगानीकर्ताले न्यूनतम १०० एकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सकिने छ । जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेको खण्डमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ ।
साथै, सोही प्रयोजनका लागी सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । योजना व्यवस्थापक प्रभु क्यापिटल छ ।