

नेप्से परिसूचक ६ अंकले घट्यो




काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घट्न पुगेको छ । परिसूचक ५.९९ अंकले घट्न पुगेको हो भने २६४०.९६ बिन्दुमा कायम भएको छ।
आज फ्लोट इण्डेक्स ।अंक घटेको बेलामा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ ।
सातामा सेयर कारोबार हुने अन्तिम दिन ३ सय ११ कम्पनीले ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६ सय ६३ रुपैयाँको कारोबार गरेका छन् । सोही बेलामा १ करोड ७१ लाख ८ हजार ८ सय ९ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेको परिसूचकमा देखिन्छ ।
आज राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ३८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज ९४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ४ कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडकोे सेयर ९.७६ प्रतिशतले घटेको छ ।