

पूर्व प्रधानमन्त्री समेत रहेका माधव नेपाल विरुद्ध दायर भयो भ्रष्टाचार मुद्धा




काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका पार्टी अध्यक्ष माधव कुमार नेपाल विरुद्ध भष्टाचारको मुद्धा दर्ता गरिएको छ । नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सो मुद्धा दर्ता गरिएको हो ।
उनी विरुद्ध दर्ता गरिएको मुद्धामा पतञ्जली जग्गामा हिनामिना भएको आरोप लगाइएको छ । विशेष अदालतमा मुद्धा दर्ता भएसँगै एकाएक उनको विषय अहिले बजारमा चर्चा छ ।
साथै, नेपालमा हाई प्रोफाइलको समेत मुद्धा दर्ता हुन सुरु गरेको भन्दै विभिन्न टिका टिप्पणी समेत सुरु हुन थालेको छ ।