

सिटी होटलले हकप्रद सेयर जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति




काठमाडौं । सिटी होटलले हकप्रद सेयर जारी गर्ने भएको छ । सोही प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन हालिएको जनाइएको हो।
यता, उक्त होटलले १ः०.८० अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँको दरले १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।
सोही हकप्रद सेयर बिक्री प्रयोजनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल तोकिएको छ भने कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको देखिन्छ । आगामी दिनमा हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी त्यसबाट वृद्धि भई ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ कायम हुने जनाइएको हो ।