

नेशनल लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज




काठमाडौं । आज जेठ २१ गते । अर्थात्, नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन। सोही जीवन बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि जेठ २२ गते एक दिन (सेयरधनी दर्ता किताब बन्द) बुक क्लोज गर्ने निर्णय गरेको छ।
सोही कारण आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न एवम् साधारण सभामा सहभागी हुन मिल्ने नेशनल लाइफ इन्स्योरेन्सले बताएका हो।
यता, जीवन बीमा कम्पनीले आगामी असार ५ गतेको साधारणसभा डाकेको छ भन सभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहानको ठिक साढे १० बजेबाट सुरु हुनेछ ।