

नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्दै




काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निरन्तर मोटो रकम प्रशोचन गरि रहेको छ । सोही प्रयोजनका लागि आज पनि बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको हो।
बुधबार ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने सम्बन्धि सूचना प्रकाशन गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने जानकारी दिएको छ।
सोही प्रयोजनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन मिल्ने व्यवस्था गरिएको जनाइएको छ ।