

प्रभु महालक्ष्मी लाइफले बीमाशुल्क बुझाउन ढिला भएका बीमितलाई चलायो छुटको अफर




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू अवधी नाघी ब्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरेकालाई छुटको अफर संचालन गरेको छ । त्यस्तो छुट यही २०८२ जेठ २१ देखि २०८२ जेठ ३१ सम्ममा नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान हुने भएको हो ।
यता, समुन्नती जीवन बीमा योजना बाहेकका हकमा त्यस्तो छुट प्रदान गरिने कम्पनीले जनाएको छ। सोही छुट लक्षित कम्पनीले केही शर्तहरु समेत तोकेको छ ।
यस्ता छन् शर्तहरूः
२ वर्ष भित्रको ब्यतित बीमालेखहरूमा ७५ प्रतिशतसम्म छुट हुने ।
२ देखी ३ वर्ष अवधिसम्म व्यतित बीमालेखहरूमा ५० प्रतिशतसम्म छुट हुने ।
३ वर्ष भन्दा बढी अवधि देखि व्यतित बीमालेखहरूमा २५ प्रतिशतसम्म छुट हुने ।
सोही योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने जनाइएको छ।
त्यस्तै, यसभन्दा पहिले बिलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन भने बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको हो ।