

ह्वात्तै घट्यो सेयर बजार, नेप्सेमा लाल रंग




काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घट्न पुगेको छ । नेप्से परिसूचक ३५.७३ अंकले घट्न पुगेको हो ।
बजार घटेको दिन नेप्से २६५८.९३ बिन्दु पुगेको छ भने सोही बेलामा ३ सय १५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भएको छ । आज ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँको कारोबार हुँदा ३४ कम्पनीको सेयर मूल्य बढ्न पुगेको छ ।
यता, २ सय १४ कम्पनीको घटेको सेयर मूल्य घटेको बेलामा नेप्सेमा लाल रंग देखा परेको छ । भनाईको मतलब नेप्सेका उपसूचकहरुमा झ्याप्पै वियरीस टे्रण्ड लागेको जसरी राताम्मै भएको देख्न सकिन्छ । पियोर इनर्जी, ओम मेगाश्री फर्मास्यूटिकल्समा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, प्राइम बैंक, लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले गुमाएका हुन्।