

नेप्से परिसूचक २.७७ अङ्कले बढ्दा, ९ अर्ब माथिको कारोबार




काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बढ्न पुगेको छ । सोमबार नेप्से परिसूचक २.७७ अंकले बढेको हो ।
बजार बढ्दा नेप्से २६९५.८४ को विन्दुमा पुगेको छ भने सूचीकृत ३ सय १४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता सेयर खरिद बिक्रि भएको छ ।
यता, ९ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा सात उपसूचकमा हरीयाली छाएको देखिन्छ ।
ठिक त्यस्तै बेलामा पाँच उपसूचक राता भएका हुन् ।