

सन नेपाल लाइफको व्यतित बीमाशुल्कमा ७५ प्रतिशत छुट पाउदा बीमितहरु लाभान्वित




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीामाशुल्क बुझाउन ढिला भएका नागरिकहरुले तिर्ने किस्तामा छुट दिइरहेको छ । त्यस्तो छुटका कारण लाखौ बीमितहरु लाभान्वित हुन पुगेको कम्पनीले जनाएको हो ।
ठीक सोही समयमा छुट अवधि छोट्टीदै गएकाले छिट्टै आफनो किस्ता समयमै बुझाएर लाभ उठाउन कम्पनीले आफन बीमितहरुलाई सुझाव समेत दिएको छ ।
यता, बीमाको पुनर्जागरण, परिवारको सुरक्षामा लगानी। आफ्नो व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नुहोस् भन्दै सन नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित भोलिका लागि आजै कदम चाल्नुहोस् भन्ने सल्लाह दिएको हो ।
कम्पनीका अनुसार जेठ १८ गतेदेखि ३० गतेसम्म छुटको सुविधा संचालन गरिएको हो । त्यस्तो छुटमा एकै पटक ७५ प्रतिशतसम्म रकम जोगाउन पाउने भन्दै बीमितहरु उत्साहित समेत भएको प्रतिक्रीया कम्पनीले दिएको छ ।