

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य




काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ बढ्न पुगेको छ । त्यस्तो मूल्य तोलामै १ हजार रूपैयाँले वृद्धि भएको हो।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ कायम भएको छ भने अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ८०० रूपैयाँका दरले किनबेच भएको थियो।
साथै, आज चाँदीको भाउ पनि प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ९९० रूपैयाँ कायम भएको बेलामा हिजो आईतबार दिन चाँदी प्रतितोला १ हजार ९८५ रूपैयाँका दरले किनबेच भएको महासंघले जनाएको हो।