
कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक ‘साफा अवार्ड’
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स अवार्ड २०२५’ बाट सम्मानित भएको छ । बैंकले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स ९साफा० बाट वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ प्राप्त गरेको हो ।
साफाले आर्थिक वर्ष २०२/२५ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १९औँ वार्षिक साधारणसभामा पेस गर्न तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालालाई बैंकका विवरणहरू उत्कृष्ट रूपमा प्रस्तुत गरेको भन्दै सम्मान प्रदान गरिएको बैंकले जनाएको छ ।
बंगलादेशको ढाकामा आयोजित एक समारोहमा साफाले उक्त अवार्ड बैंकलाई प्रदान गरेको हो । विकास बैंक गत वर्षसमेत साफा अवार्ड जित्न सफल भएको थियो ।
साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स ९साफा० इन्टरनेसनल फेडरेसन अफ एकाउन्टेन्ट्सको सञ्जाल साझेदार हो । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानलगायत विभिन्न आठ दक्षिण एसियाली मुलुकका चार्टर्ड एकाउन्टेन्ट्स निकायहरू समावेश छन् ।
साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।
बैंकको उक्त वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४’ तथा ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२५’ मा समेत वित्तीय सेवा क्षेत्रतर्फ ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको थियो ।


