

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेट




काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का मिसन प्रमुख सरवत जहानसँग भेट गरेका छन् । उक्त शिष्टाचार भेटवार्ताबाट अर्थतन्त्रलाई थप सबल बनाउन मद्धत पुग्ने बताइएको हो ।
भेटघाटको अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानले छैठौं समीक्षा, संरचनागत सुधारदेखि अनेकौं विषयमा छलफल गरेका छन् ।