

नेपाल राष्ट्र बैंकले ७० अर्ब प्रशोचन गर्दै




काठमाडौं । तरता व्यवस्थापका लागि सक्रियता देखाएको नेपाल राष्ट्र बैंकले आज पनि मोटो रकम प्रशोचन गर्ने भएको छ । एकैदिन ७० अर्ब रुपैयाँ उठाउने जनाइएको हो। विगत केही समय यता निरन्तर जसो रकम प्रशोचन गर्दै आएको राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ उठाउने भएको छ।
यता, राष्ट्र बैंकले २० दिन अवधीका लागि उठाउन लागेको सो ७० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असार ८ गते फिर्ता पाउने जनाइएको छ । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने व्यवस्था जारी गरिएको हो।
साथै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको जनाइएको हो।