

कमल थापासहित ५ जना नारायणचौरबाट प्रहरी नियन्त्रणमा




काठमाडौं । निषेधित क्षेत्र तोड्दै प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटार क्षेत्रमा प्रवेश गर्न खोजेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिइएको छ । स्थानीय प्रशासनले बालुवाटारलाई पनि निषेधित क्षेत्र घोषणा गरेको हो।
नक्सालस्थित नारायणचौरबाट आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिएका छन् । बोहोराका अनुसार, पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइएको अवस्था छ ।