

सुनको मूल्यमा ३ सय रुपैयाँको वृद्धि




काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढ्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको अवस्था थियो ।
यता, गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
साथै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भएको जनाइएको छ।