

भुक्तानीमा रिलायबल नेपाल लाइफले छलांग मार्दै, जीवन बीमा कम्पनीले फेरी तिर्यो २१ लाख




काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय भुक्तानीमा केही अग्रसरता देखएको छ । जीवन बीमा कम्पनीले बीमितको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो। सोही कम्पनीले यस अघि पनि त्यस्तो रकम भुक्तानी गरेको थियो । यसरी भुक्तानी गर्नु जीवन बीमा कम्पनीका लागि घाटाको विषय भए पनि बीमित परिवारको लागि भने राम्रो कुरा हो ।
हाल रिलायबल नेपाल लाइफले कम्पनीले बीमित बेसीशहर नगरपालिका ८ की स्वर्गिय अनिता थापा श्रेष्ठको मृत्युपश्चात निजको परिवारलाई विमा रकम २१ लाख ६७ हजार रुपैया हस्तान्तरण गरेको अवस्था छ।
अनिता थापा श्रेष्ठको गत वैशाख ७ गते डुम्रे बेसीशहर सडक खण्ड अन्र्तगत भानु नगरपालिका १० नेपाल डाँडामा सडक दुर्घटनामा मृत्यु भएको थियो भने उनले रिलाइबल इन्स्योरेन्समा १० लाख रुपैयाँको बीमा गरेको जनइएको छ।
साथै, बीमा अवधिमा ६ किस्ता मात्र विमा रकम भुक्तानी गरेकोमा उनको निधन पश्चात विमाबापत र बोनस गरी कम्पनीले २१ लाख ६७ हजार रुपैयाँको भुक्तानी गरेको लमजुङ शाखाका शाखा प्रमुख राजु गुरुङले सुनाएका छन्।
बिहीबार बेसीशहर नगरपालिका–८ का वडा अध्यक्ष पवित्रा थापा रानाको उपस्थितीमा मृतकको परिवारलाई बीमा दावि रकम बरावरको चेक बीमितलाई हस्तान्तरण गरेको शाखाले बताएको हो भने रिलायबल नेपाल लाइफले दाबी भुक्तानी गर्ने त्यसको प्रचार गर्ने नीति समेत अपनाएको देख्न सकिन्छ ।
अहिले कम्पनीले पटक पटक भुक्तानी गरको साना ठूला रकमहरु सार्वजनिक भइरहेको अवस्था छ ।