

बजेट प्रतिक्रीया सकारात्मक आउन थालेको अर्थमन्त्री पौडेलको दाबी




काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटमा आएको प्रतिक्रीया सकारात्मक रहेको दाबी गरेका छन् । उनले बजेट टिप्पणी हेर्दा आफू स्वयमलाई ठिक लागेको सुनाएका हुन्।
सोही क्रममा उनले बजेट कार्यान्वयन गर्ने प्रतिबद्दता जाहेर गर्दै त्यस्तो कार्यन्वयनको सुरुवातमा समेत आजैदेखि अर्थ मन्त्रालय लाग्ने बताएका हुन्।
आयोजित पत्रकार सम्मेलनमा पोस्ट बजेटको प्रतिक्रीया दिँदै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनमा सरकार तय गरेको लक्ष्य पुुरा हुने र बजेटको अंकको विषयमा कसैको गुनासो नगरेको भन्दै अन्तर सरकारी बित्त हस्तान्तरण वृद्धि भएको सुनाए।
त्यस्तै, आन्तरिक ऋण उठाउने सिमा ५.५ भएपनि ५.३ मा कायम राखेको सुनाउँदै उनले राजस्वबाट मात्रै विकास हुन नसक्सनेमा जोड दिँदै बैकल्पिक वित्तको खोजि भएको उल्लेख गरेका हुन्।
यता, संसदमा बैकल्पिक वित्त निति पेस गरेको स्मरण गर्दै अर्थमन्त्री पौडेलले खर्च कटौती गरेर चालू खर्च सन्तुलित बनााउन आवश्यक रहेकोमा जोड दिए।
त्यसरी नै बजेटमा उल्लेख भएका अयोजनाको प्रकृया पूरा भएको छ भने जेठ १६ गतेदेखि सार्वजनिक खरिदमा जान सकिने जानकारी गराउँदै आगामी दिनमा वन क्षेत्रका कारण आयोजना समयमा नै नबन्ने समस्या समाधान हुनेमा चर्चा गरे। चर्चामा रहेको डिजिटल भुक्तानीको कर हटाएको सम्झाउँदै उनले कारोबार गरेका र नगरेका कारदाताले कारोबार नगरे पनि कर तिर्ने ब्यबस्था हटाए र सो निकै राम्रो कदमको थालनी भएको दाबी गरियो।
साथै, ईभीको चार्जिङ मेसिनको एसेम्बल गर्नेलाई कारोबार सुरु गरेको दिनबाट ५ वर्ष कर छुट दिने नीति लिने कुरा पनि यस बजेटको निकै सकारात्मक पाटो रहेकोमा कार्यक्रममा जोड दिइएको हो ।