

प्रभु क्यापिटलले जेठ २३ गतेदेखि ओपन म्युचुअल फण्डको इकाई जारी गर्दै




काठमाडौं । प्रभु क्यापिटलले खुलामुखी सामुहिक लगानी योजना (ओपन म्युचुअल फण्ड) को इकाई निष्काशन गर्ने जनाएको छ । क्यापिटलले जेठ २३ गतेदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन हुने (प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम) को इकाई निष्काशन गर्न लागेको जनाइएको हो।
सोही योजनाको आकार ४० करोड अर्थात् ४ करोड इकाईको रहेको छ । जस मध्ये ३० लाख इकाई कोष प्रबर्दक प्रभु बैंक र ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई निष्काशन गरिएको छ। बाँकि रहेको इकाई मध्ये प्रथम चरणमा २ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन गर्न लागिएको हो ।
यता, उक्त निष्काशनमा छिटोमा जेठ २७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ३१ लाख इकाईको लागि दिन सकिने व्यवस्था छ।
साथै, नेपाल धितोपत्र बोर्डले चैत्र २७ गते क्यापिटललाई ओपन म्युचुअल फण्ड संचालनको लागि अनुमति प्रदान गरेको जनाइएको छ।