

अटोमोबाइल क्षेत्रका माग बजेटमा समेटिएकोमा भन्दै नाडामा उत्साह




काठमाडौं । लामो समयदेखि आफ्नो माग सम्बोधनको लागि अपिल गर्दै आएका अटो व्यवसायीहरु यसपालि भने खुशी देखिएका छन् । कारण, आगामी आर्थिक वर्षका लागि आफ्नो योजना अनुरुप बाटो खुल्ला हुनु । त्यस्तो बाटो भने हिजाको बजेट भाषणले नै खोलको हो । सोही कारण, नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटप्रति नाडा (अटोमोवाइल्स एशोसिएशन अफ नेपाल) ले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको हो।
यता, नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील र चलायमान बनाउने उद्देश्यले विभिन्न मितिमा सरकारका सम्बन्धित मन्त्रालय तथा विभागहरूमा नीतिगत सुझाव र सल्लाहहरू प्रस्तुत गर्दै आएको अवस्थामा विगतमा नाडाले दिएका महत्वपूण सुझावहरुको उपेक्षा, अवमूल्यन हुने आरोप समेत लाग्दै आएको थियो । यसपालि भने सिनारीयो केही फेरीएकै छ । उनीहरुले अटोमोवाइल व्यवसायमैत्री बजेट भाषण आफूहरुले रुचाएको उनीहरुले सुनाएका हुन्।
साथै, विभिन्न आर्थिक वर्षमा आफूहरुको पर्खाईको विषय बनेको अटोमोवाइल क्षेत्रको माग र आवाजलाई सम्बोधन गरीएकोमा नाडाले खुलेर बजेटको स्वागत गर्न रुचाएको अवस्था छ
। उनीहरुका अनुसार यही बजेटले उद्यमी तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई सुधारमा समेत सहि संकेत गरेको र निकै हदसम्म व्यवासयीहरुको मनोबल वृद्धि गरेको बुझिएको छ।
हाल बजेटबाट प्रफुल्ल देखिएका नाडाका अधिकारीहरुले आगामी मौद्रिक नीति समेत बजार मैत्री र व्यवसायीहरुको मर्का र हितलाई बुझेरै आओस् भन्ने अपेक्षा समेत व्यक्त गरेका हुन् । उनीहरुले सरकारले आफ्नो माग सुनेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।