

बीमितलाई विलम्ब शूल्कमा भारी छुट दिँदै आएको नेपाल लाइफले बढायो अवधि




काठमाडौं । नेपाली बीमा क्षेत्रमा बीमाको परिभाषालाई सार्थक पार्दै छुट्टै ब्राण्डको रुपमा स्थापित कम्पनी हो, नेपाल लाइफ । एक त उसले सबैभन्दा धेरै बीमितहरुको मन जितेको छ भने दोस्रो लगानीको दायरा बिस्तारमा समेत निडरतापूर्वक अघि बढिरहेको छ । सोही कारण अनेकौ सूचकहरुमा उसले घोषित तथा अघोषित रुपमा नेपालीमा जीवन बीमा बजारमा ठूलो योगदान पुर्याउदै आएको छ । त्यस्तो कम्पनीले मध्यम वर्गिय नेपालीहरुको मनोभावना र आर्थिक अवस्था बुझेर बीमाशुल्क बुझाउँन ढिला भएका बीमितहरुलाई छुट प्रदान गर्दै आएको छ, त्यो पनि भारी छुट ।
हाल नेपाल लाइफ स्रोतका अनुसार कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रदान गरेको सोही बिलम्व शुल्क (लेट फि) मा लाग्ने रकमको सहुलित पाउने अवधि अझै थप गरेको जनाएको हो । विगतमा यही जेठ १३ गतेसम्म कायम रहेको छुट हाल आगामी असार ५ गतेसम्मलाई तन्काईएको हो । कम्पनीले त्यसरी आफूले प्रदान गर्ने छुट अवधि बढाउदा लाखौ बीमितहरुले प्रत्यक्ष लाभ उठाउन सक्ने बताएको छ ।
नेपाली बीमा बजारमा त्यसमा पनि नेपाल जस्तो मुकुलकमा जहाँ बीमाको बारेमा क,खबाट यसको परिभाषा सुरु गर्दै बीमाको बारेमा सुन्दर कविता रचना गरे सरह त्यसको वास्तविक महत्वको बारेमा आम नागरिकहरुको सबैभन्दा धेरै जोखिम समेत यस कम्पनीले बहन गरि रहेको अवस्था छ । आफ्नो २५ औं वार्षिक उत्सवको अवसरमा बीमितहरुलाई समेत लाभको हिस्सेदार बनाउने उसको व्यवसायीक मनसाय नै नेपाल लाइफ ब्राण्ड बन्नुको एक कारण हुनसक्छ ।
यति धेरै छुट पाइदैन है फेरी । भुक्तानी गरौ ढिला नगरी भन्ने कम्पनीको बिलम्ब शुल्क लक्षित मुख्य नाराले समेत समयमै बीमाशुल्क बुझाउँनु पर्ने र यसपालि भने त्यस्तो शुल्क बुझाउँनेले भारी छुट पाउने कुरा नेपाल लाइफले दर्शाएको छ ।
नेपालमा अन्य सम्पूर्ण बीमा कम्पनीहरुको तुलनामा मुख्य अधिकांश सूचकमा अग्रणी स्थानमा रहेको नेपाल लाइफले ल्याएका कतिपय योजनाहरु (मार्केट लिडर) बीमा बजारलाई नयाँ मार्गदर्शन हुने पनि यसका सरोकारवालाहरुले दाबी गर्ने गरेका छन् ।
त्यसमा पनि ठूला स्कूल कलेजमा लगानीको दायरा खोज्नु, ठूला पूँजी (अन्य जीवन बीमा कम्पनी बराबरका) सब्सीडरी कम्पनी स्थापना गर्ने ल्याकत राख्नुले नेपाल लाइफ एक प्रशंसा गर्नको लागि मात्र नभई आर्थिक हिसाबमा पनि खल्ती र खातामा भएका पैसा यहीको बजारमा लगानी गर्नुले उसको मार्केट रिक्स एनालाइसीस र नेपालको बीमाशूल्क स्वदेशमा नै लगानी गर्ने कदम सराहनीय देखिन्छ ।
साथै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले समेत बीमितहरुलाई छोटो समयका लागि जीवन बीमा कम्पनीले दिएको एक ठूलो मौका भएकाले त्यसलाई नगुमाउन सल्लाह दिएका छन् । केही दिन अघि सीईओ पराजुलीले आफ्नो सामाजिक संजालमा समेत आफ्ना बीमितहरुलाई सम्बोधन गर्दै त्यस्तो लाभको फाइदा उठाउन सुझाव दिएको देखिन्छ ।
छुट्ला है छुट भन्ने नारालाई समेत सोही जीवन बीमा कम्पनीले हाइलाइट गरेको अवस्था छ ।
हालसम्म लाखौ बीमितहरुले त्यस्तो योजनाको फाइदा उठाएको र बाँकी बीमितहरु जसले समयमै बीमाशुल्क बुझाउछन् उनीहरुले समेत कम्पनीले वार्षिक उत्सवलाई टार्गेट गरेको सुनौलो योजनाको लाभ लिन सक्ने बताएको हो ।