

सरकारले राष्ट्रिय जीवन बीमा कम्पनीलाई सुधार गर्ने




काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेका जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीलाई सुधार गर्ने भएको छ । आज बजेट भाषणमार्फत सो जानकारी दिइएको हो ।
नेपालमा बीमा प्राधिकरणभन्दा पहिला स्थापना भएको र नेपाली बीमा बजारमा पहिलो बीमा कम्पनीको रुपमा स्थापित उक्त कम्पनीलाई सरकारले थप सबल बनउने नीति लिइएको जनाइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।