
महिला तथा बालबालिका मन्त्रालयलाई छुट्याइयो २ अर्ब ८ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि महिला तथा बालबालिका मन्त्रालयलाई २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

