
काठमाडौं । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आज बजेट भाषणमार्फत सो कुरा सुनाइएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।