
नेपालटारको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले भोली पूर्व विद्यार्थी समाजको भेला गर्दै

काठमाडौँ । राजधानीस्थित तारकेश्वर नगरपालिका–११ नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन गर्नको निम्ति भोलि बृहद भेला हुने भएको छ । सो भेला शनिबार बिहान सात बजे विद्यालय प्राणङ्गमा हुने भेला समिति आयोजक रामराजा ओझा एसएलसी ब्याच २०५७ ले बताएका हुन्।
वि.स. २००४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पनि पूर्व विद्यार्थी समाजू गठन गर्नको निमित्त कोही अगाडि नसर्नु दुखद रहेको र कुनै पनि विद्यालयमा पूर्व विद्यार्थी समाज एउटा अपरिहार्य अङ्गको रुपमा रहने ओझाले बताएका छन् । सोही कारण सम्पूर्ण पूर्व विद्यार्थीहरू एकजुट भई सो संस्थालाई विधिवत दर्ता गरी ट्रेनको लिगको रूपमा स्थापित गर्न लागिपरेको उनले बताए ।
साथै, पूर्व विद्यार्थी समाज राजनीति मुक्त हुनुपर्छ भन्ने ओझाको स्पष्ट दृष्टिकोण रहेको छ भने उनले देश तथा विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समाजमा सहभागि हुन आब्हान गरेका छन् ।

