

हिमालयन लाइफले घोषणा गर्यो नगद लाभांश




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीहरू दिने नगद लाभांश घोषणा गरेको छ। लाइफ इन्स्योरेन्सको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने निर्णय भएको हो।
यता, सोही घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले हात पार्ने छन् ।