

राष्ट्रपति समक्ष उपप्रधानमन्त्री पौडेलको बजेट ब्रिफिङ




काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटको ब्रिफिङ सम्पन्न गरेका छन् । उनले अगामी बजेटको विषयमा केन्द्रित हुँदै विभिन्न जानकारीहरु दिएका हुन् ।
यता, सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँने छ भने उक्त दिन समेत नजिकी सकेको अवस्था छ । यस्तो बेलामा सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले बताएको हो ।