

आर्थिक सर्वेक्षण मंगलबार संसदमा पेस हुने




काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण भोलि (मंगलबार) संसदमा पेश गर्ने तयारी गरेको छ ।
यता, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण भोलि संसद्मा पेस गर्दै जनाइएको हो।
त्यस्तै, सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आवको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए, भएनन्, कस्ता कस्ता चुनौतीको सामना गर्नुपर्यो भन्ने लगायतका विषय समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने भन्दै तयारी अन्तिम अवस्थामा पुर्याइएको छ।
आर्थिक सर्वेक्षणमा समग्र आर्थिक स्थिति, सार्वजनिक वित्त, मूल्य, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिबी निवारण र रोजगारी लगायतका विषयहरु समावेश हुनेछन् भने कृषि, वन तथा भूमिसुधार, उद्योग, वाणिज्य, आपूर्ति पर्यटन र संस्कृति, सहरी विकास, आवाश तथा ऊर्जा, भौतिक पूर्वाधार यातायात तथा सञ्चार, सामाजिक क्षेत्र सुसासन र प्रशासन, प्रदेश तथा स्थानीय तहको आर्थिक तथा सामाजिक स्थिति, जलवायु परिवर्तन र दीर्घकालिन विकासका लक्ष्य लगायतका विषयहरु समावेश गरिने जनाइएको छ।
साथै, नेपालको संविधानमा भएको व्यवस्था अनुसार आगामी आवको बजेट जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरिने तलिका तय भएको हो।