

ठूला भुक्तानी गरेर चर्चा कमाउदै आएको रिलायबल नेपाल लाइफले तिर्यो २० लाख




काठमाडौं । रिलायबल नेपाल लाइफले घातक रोग बराबरको भुक्तानी गरेको छ । उसले त्यस्तो रकम २० लाख रुपैयाँ भुक्तानी गरेको हो ।
विगतदेखि नै नेपाल बीमा प्राधिकरणका उच्च अधिकारीहरु समेतको उपस्थितीमा मोटो रकम दिने प्राक्टिस गर्दै आएको रिलायबल नेपाल लाइफले यसपाली पनि २० लाख रुपैयाँ भुक्तानी गरेको छ । सो रकम वितरण गरेको खुशीमा उसले प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।
जबकी नेपाली बीमा क्षेत्रमा खुद्रा मसिना भुक्तानीमा ठूला बीमा कम्पनीहरु केन्द्रित हुने भन्दा पनि उनीहरुले बीमालाई व्यापारीकरण भन्दा पनि सेवाको दृष्टिकोणले हेर्नु पर्ने माग चलिरहेको छ ।
जीवन बीमा कम्पनीका अनुसार २०७७ साल चैत महिनामा हाकिम चोक शाखा चितवनबाट १५ वर्षको बीमा रहने गरी २० लाखको बीमा लिएका महेश बाँनियाले सो रकम पाएका छन् ।
पूरानो मेडिकल कलेज भरतपूरमा उनको कलेजोमा समस्या देखिएको थियो ।
नेपालका पुराना र एक नम्बरका बीमा कम्पनीसँग मिल्दोजुल्दो नाम राखे पनि रिलायबल नेपाल लाइफको व्यवसाय नेपालका पुराना र ठूला बीमा कम्पनीहरुको तुलनामा भने निकै कम देखिन्छ । यद्यपी उसको आफ्नै व्यवसायको ग्रोथ रेट भने खस्केको छैन ।
तर, लघु बीमा कम्पनीहरुलाई साना रकमको दाबी भुक्तानीको प्रचार गर्न समेत निरुत्साहित गर्दै आएको नेपाल बीमा प्राधिकरणले पुराना र ठूला बीमा कम्पनीसँग मिल्दो जुल्दो नामदेखि जीवन बीमाको तुलनामा थोरै प्रतिशत देखिने रकमको भुक्तानी प्रचारलाई प्रोत्साहन गर्छ कि निरुत्साहित गर्ने नीति लिन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।