
यता, कम्पनीले कोशी प्रदेश अन्तर्गत खाँदबारी, ओखलढुङ्गा र दिक्तेल शाखा , मधेश प्रदेश अन्तर्गत बर्दिबास, निजगढ र सिमरा शाखा , बागमती प्रदेश अन्तर्गत पनौती, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटि , कालिमाटी, सुन्धारा र थनकोट शाखा , लुम्बिनी प्रदेश अन्तर्गत लमही र रामपुर ,पाल्पा शाखा तथा गण्डकी प्रदेश अन्तर्गत कुश्मा शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा तथा काठमाडौँ उपत्यकासहित अन्य शाखाहरूका लागि बजार अधिकृत पदमा केही संख्यामा कर्मचारी माग गरेको अवस्था छ।
साथै, उक्त पदहरूका लागि जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त संस्थामा कार्य अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ भने इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन कम्पनीको vacancy@sanimareliance.com मा २०७८ जेठ १८ गते भित्र पठाउनुहुन अनुरोध गरिएको हो ।