

के लघु बीमकले ठूला निर्जीवन बीमकलाई टप्लान ? (ठूला-साना बीमकका गाईंगुई)




काठमाडौं । नेपाली बीमा क्षेत्रमा नयाँ (सिनारियो) घट्नाक्रम देखिएको छ । त्यस्तो सिनारियो अरु केही नभएर ठूला र साना बीमा कम्पनीहरु बिचको व्यवसायीक प्रतिस्पर्धा नै हो । सुरुवाती चरणमा (सस्टेण्ड क्यापासीटी) आफू धानिन मुस्किल होलान् भन्ने अनुमान गरिएका लघु बीमा कम्पनीहरुले चमत्कारिक रुपमा आफ्नो व्यवसाय बढाउन सफल भएका छन् । नतिजामा केही ठूला बीमा कम्पनीहरुको मुटु काँपेको छ ।
हालसालै मात्रै लघु निर्जीवन बीमकहरुले आफूले राखेको टार्गेट पूरा गरेको भन्दै केक काटेर उत्सव मनाएका छन् । उनीहरुले त्यसरी उत्सव मनाएको आफ्नो व्यवसायीक टार्गेटभन्दा पनि केही महिना अगावै उच्च व्यवसायीक सफलता हाँसिल गरेकाले नै हो ।
नेपाल जस्तो मुलुक जहाँ नियामक निकायले आफ्नो ५७ औं वार्षिक उत्सव मनाइरहेको छ तर बीमाको व्यापकतामा अझै पनि जनसहभागीता न्यून नै छ । यस्तो अवस्थामा पुराना कम्पनीहरुले बीमा व्यवसाय गर्न नसकेको ठाउँमा नयाँ बीमा कम्पनीहरुलाई स्थापित गरेको सत्य बाहिरै छ । ठीक त्यस्तै ठाउँमा स-साना प्रिमियम जनताका संकलन गरेर मोटो रकमको बीमा त्यसमा पनि नेपाली निर्जीन बीमा क्षेत्रले गर्नु भनेको नेपालका केही निर्जीवन बीमा कम्पनीहरुलाई उच्च व्यावसायीक दबाब सिर्जना भएको पाइएको हो ।
एक पुराना तथा ठूलो बीमा कम्पनीको डीसीईओले बीमा दर्पण डटकमलाई सुनाए, ‘मैले नाम नै लिएर त भन्दिन । तर, तपाईहरुले तथ्यांक केलाउनु होला । पुराना र ठूला निर्जीवन केही बीमा कम्पनीले पचास करोड कटाउँछन् मुस्किलले, अधिकांशलाई एक अर्ब नै धौ-धौ छ । यस्तो बेलामा केही निर्जीवन बीमा कम्पनीले फेरी ४,५ अर्ब पनि व्यवसाय गर्छन् । यसलाई कसरी हेर्न सकियो भने, कसैले बजार जमाएकै छन्, बीमितको विश्वास पनि राम्रोसँग कमाएका छन् । त्यही बजारमा केही कम्पनी ७० करोडमै सिमित छ । अब यस्तो बेलामा हिजो खुलेको, कम कम्पनीले पत्याएको अनि त्यही ठूला कम्पनीले नसकेका ठाउँमा नयाँ लघु बीमा कम्पनीले व्यवसायीक सफलता हाँसिल गर्नुलाई मेरो चाही २०,२२ वर्ष लामो बैंक वित्तीय क्षेत्रको यात्राले लघु बीमाको व्यवसायलाई अहिलेको यस्तो मन्दीको बेलामा, निकै राम्रो एप्रिसियट सहि मूल्यांकलन गरी प्रोत्साहन गर्न जरुरी छ ।’
उनले थपे, ‘अब त कुनै एक ठूलो कम्पनीको व्यवसायलाई लघु बीमाले टप्यो भने सबैभन्दा राम्रो चाही के हुन्छ ? भने बीमामा ठूलो चुक्ता पुँजी राखेर मात्रै व्यवसाय बढ्ने होइन भन्ने पनि हुनसक्छ एकापट्टी फेरी अर्को पट्टी त्यस्तो सम्भावना पनि देखिएकै छ ।’
उनले लघु आफैमा निकै साना प्रिमियम संकलन गर्नु पर्ने ठाउँमा भएकाले त्यस्ता कम्पनीका केही दायरा फराकिलो बन्दै जाँदा भोलिका दिनमा व्यवसाय अझै उकासिने सम्भावना रहेको ती पुराना डिसीईओले (अनवायस्ड) निष्पक्ष भएर आँकलन गर्दा देखिएको नेपाली बीमा बजारको चित्र भन्दै सुनाएका हुन् ।
हाल निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ तोकिएको छ । अधिकांश कम्पनीहरु पुँजी पुर्याउनकै लागि मर्जरमा गएको अवस्था छ । यता, लघु निर्जीवन बीमकहरुको भने चुक्ता पुँजी जम्मा १ अर्ब रुपैयाँ तोकिएको अवस्था छ ।
चुक्ता पुँजी र व्यवसायलाई हेर्दा नेपाली बीमा बजारको परिदृश्य कतिपय अनुभवीहरुको आँकलन भन्दा केही भिन्न नै रहेको पाइन्छ ।
नयाँ प्रतिस्पर्धाले नयाँ बाटो खोल्दै
यस अघि नेपाली बीमा क्षेत्रमा एउटै व्यवसायमा तानातान र लुँछाचुँडी गर्ने परम्परा कायमै थियो । नियामक निकायले समेत कतिपय सार्वजनिक कार्यक्रममा एउटै रोटी खोसाखोस गर्ने भन्दा पनि नयाँ बाटो खोज्नु पर्ने सुझाव दिने गथ्र्यो । तर, बीमा कम्पनीहरुले सल्लाह मात्रै पटक पटक पाउँने र नयाँ व्यवसायीक वाताबरणको सिर्जना नहुँदा उनीहरुको नतिजा सधैं एउटै आउने गरेको थियो । अहिले भने बीमा बजारमा केही भए पनि व्यसायीकस्थितीमा फेरबदल आएको देख्न सकिन्छ । भलै ठूला निर्जीवन बीमा कम्पनीका केही कम्पनीहरुले भित्रएका व्यवसायको हैसियतमा लघु बीमा पुग्छन् भन्ने हामीले भन्न खोजेका होइनन् । त्यस्तो त करिब सम्भव छैन भन्दा पनि फरक नै नपर्ला । तर, ठूलो कम्पनीको ट्याग भिरेर, कचौरामा बिजनेश गरेजस्ता केही कम्पनीहरु प्रति उनीहरुकै केही सफल प्रतिस्पर्धीले सुनाएका वास्तविक आँकलन हामीले जस्ताको त्यस्तै प्रस्तुत गर्ने जमर्को गरेका हौं । आगामी दिनमा निर्जीवन लघु बीमक, त्यसमा पनि ठूलो व्यवसाय गरेका र साना व्यवसाय गर्ने कम्पनीदेखि लघु बीमकहरुको समेत नयाँ योजनाहरु माथि हामीले प्रकाश पार्नेछौं ।
तर, विगत केही समय यता ठूला निर्जीवन बीमकहरुले लघु बीमा कम्पनीहरुले गलत रुपमा ठेक्का लिए जसरी केही अवस्थ प्रतिस्पर्धामा भित्रभित्रै होमिएको समेत आरोप लगाउँदै आएका छन् । लघु बीमा कम्पनीहरुले भने ठूलो कम्पनीहरु करिब असफल भएको ठाउँमा लघु बीमाले व्यवसाय ल्याउँनुलाई कसैले पनि मुक्तकण्ठले प्रशंसा गर्नुको विकल्प नरहेको सुनाएका हुन् ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स)