

बिलम्बशूल्कमा छुट लिने बिमीतहरुको नेपाल लाइफमा ओइरो, छुट केही दिन मात्रै बाँकी




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै संचालन गरेको विलम्ब शुल्कबाट धेरै जना बीमितहरु प्रत्यक्ष्य रुपमा लाभान्वित भएका छन् । कम्पनीले बीमितहरुकै हकका लागि संचालन गरेको सो योजनामा ग्राहकहरुले आफ्नो बीमा पोलिसीको नवीकरण शुल्क तिर्न ढिला भएमा लाग्ने जरिवानामा भारी छुट पाउने सुविधा कम्पनीले संचालन गरि रहेको छ । उक्त योजनाले ग्राहकहरूलाई निकै हदसम्म डिस्काउण्ट मिलेको चर्चा हुन सुरु गरेको हो।
सो योजना यही जेठ १३ गतेसम्म चल्ने
कुनै पनि बीमा कम्पनीहरुको उदेश्य उसका ग्राहकहरुको जोखिम किन्नु नै हो । त्यस्तो जोखिम जीवन बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्दा पछिल्लो समय ग्राहकहरुले केही सस्तो शुल्कको पनि पक्कै अपेक्षा गरेका हुन्छन् । बीमा कम्पनीलाई शुल्क बुझाएर पाउँने त्यस्तो महत्वपूर्ण सुविधामा पनि नेपाल लाइफ इन्स्योरेन्सले बीमितले तिर्ने शुल्कमा छुटको योजना ल्याएको अवस्था छ । उक्त छुट नेपाली बीमा क्षेत्रमा लामो समयसम्म संचालन गरिएको र मोटो रकमको छुट भएकाले पनि सोही बिलम्बशुल्कको बारेमा चर्चा भएको बुझिएको छ ।
यता, नेपाली जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै चुक्ता पुँजी भएको, वित्तीय सूचकमा अब्बल प्रदर्शन गर्दै आएको तथा आफ्नो विरासतलाई अद्धितिय हिसाबले कायम गर्न सक्नुले पनि नेपाल लाइफलाई नेपाली बीमा बजारमा हेर्ने दृष्टिकोण निकै फराकिलो रहेको पाइन्छ । ठीक यस्तो अवस्थामा नेपाल लाइफ इन्स्योरेन्सले बीमाको किस्ता बुझाउँन म्याद नाघेका बीमितहरुलाई समेत समेटेर उनीहरुको (लेट फि) विलम्ब शुल्कमा ठूलो सहुलियत दिइरहेको छ।
त्यस्तै, जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुले भुक्तानी गर्नु पर्ने अवधिमा भुक्तानी नगरी १ सय ८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा गत फागुन १५ गतेदेखि यही जेठ १३ गतेसम्म भारी छुटको अफर संचालन गरेको हो।
नेपाल लाइफका अनुभवी कर्मचारीका अनुसार १ सय ८० दिनसम्मको व्यतित बीमाशुल्कमा ५० प्रतिशतसम्म छुट दिने भन्दै सूचना समेत जारी गरेसँगै हाल धेरै बीमितहरुले ठूलो संख्यामा लाभ समेत लिइसकेका छन् । फेरी ठीक यस्तै अवस्थामा अन्य बीमितहरुलाई समेत ढिला नगरी त्यस्तो सुवर्ण योजनामा सहभागी हुन् समेत नेपाल लाइफ परीवारले सकारात्मक रुपमा स्वागत गरेको देखिन्छ ।
यता, नेपाल लाइफका अनुसार बीमितकै रक्षावरण लक्षित कम्पनीले केही शर्त समेत तोकेको छ भने जतिसक्दो छिटो सहभागी भएर यस्ता योजनाहरुको भरपूर फाइदा लिनका लागि नेपाल लाइफ कम्पनीले आफ्ना ग्राहकरुलाई सुझाव दिँदै आएको छ।
साथै, आफूले लाभ लिएका बीमितहरुले आफ्ना अन्य साथीहरुलाई समेत यस्तो सुनौलो मौकामा सहभागी हुन सघाउन सके धेरै जनाले यस्तो योजनाबाट लाभांन्वित हुने नेपाल लाइफका ती अनुभवी कर्मचारीले बताएका हुन् ।