

यस्तो छ सुनको साप्ताहिक समिक्षा




काठमाडौं । यस साता नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको देखिन्छ। उक्त सातामा सुन तोलामा ५ हजार ७०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको देखिएको हो ।
यता, साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबार १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यो साताको सोमबार सुन तोलामा ३ हजार ७०० रुपैयाँ घटेर १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
गत, मंगलबार २ हजार रुपैयाँ घटेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन, बुधबार ५०० रुपैयाँ बढेर १ लाख ८५ हजार ३०० रुपैयाँमा, बिहीबार ३ हजार ५०० रुपैयाँ घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा र शुक्रबार ३०० रुपैयाँ बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको हो।
साथै, यस साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । आइतबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९४५ रुपैयाँमा कारोबार भएको हो ।