

३५ सयले घट्यो सुनको मूल्य




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० घटेको हो ।
यता, महासंघका अनुसार आज सुनको मूल्य तोलामै १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको बेलामा हिजो भने सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
साथै। आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको भने हिजो चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनमेल भएको महासंघले जनाएको छ।