

एलआईसी नेपालले घोषणा गर्यो लाभांश




काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले लाभांष घोषणा गरेको छ । जीवन बीमा कम्पनीले सेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने भएको हो।
दोहोरो अंकको लाभांश घोषणा गरेसँगै यसका सेयरधनीहरुमा उत्साह छाएको अवस्था छ । कम्पनीका अनुसार सोही घोषणा गरिएको रकममा १० प्रतिशत बोनस शेयर तथा ०.५२६ प्रतिशत नगद लाभांश कर समेत रहने व्यस्था गरिएको छ ।
यता, एलआईसी नेपालको लाभांश नेपाल बीमा प्राधिकरणबाट तथा कम्पनीको वार्षिक साधारण सभाबाट सदर भएसँगै लगानीकर्ताहरुले हात पार्ने छन् ।