

प्रभु महालक्ष्मी लाइफले खुलायो ४ लाख १८ हजार कित्ता सेयरको बिक्री




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक सेयर बिक्रिमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीका लागि सेयर बिक्रीमा राखेको जनाएको हो।
यता, सोहि सेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने जनाइएको छ । त्यस्तै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभए फेरि सर्वसाधारणलाई सोही बिक्री गरिने जनाइएको हो ।