

रिलायबल नेपाल लाइफको वित्तीय विवरण सकारात्मक




काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सकारात्मक देखिएको छ। सोही वित्तीय विवरणअनुसार कम्पनीले चैतसम्म ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा गरेको हो।
यता, गत आवको यसै अवधिसम्म ३४ करोड २ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने ३६.८८ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो भने नाफा बढेसँगै कम्पनीको ईपीएस पनि ३.६० रूपैयाँले बढेर १३.८८ रूपैयाँ कायम भएको देखिन्छ।
साथै,कम्पनीको प्रतिशेयर नेटवर्थ १६७.९७ रूपैयाँ रहेको देखिएको छ। कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब ४८ करोड रूपैयाँ पुगेको बेलामा कुल आम्दानी ४ अर्ब ७६ करोड नाघेको छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४० लाख रूपैयाँ रहेको छ भने महाविपत्ति कोषमा २० करोड ७९ लाख रूपैयाँ र जगेडा कोषमा १ अर्ब ११ करोड रूपैयाँ रहेको देखिन्छ । हिजो प्रकाशित विवरणमा कम्पनीको जीवन बीमा कोष १२ अर्ब ४४ करोड रूपैयाँ रहेको देखिएको हो ।