

उकालो लाग्दै एलआईसी नेपालका सूचकहरु, तेस्रो त्रैमासमा प्रकाशन गर्यो आकर्षक रिर्पोट




काठमाडौं । भारत सरकारको समेत लगानी रहेको नेपालको पुरानो र विश्वासीलो मानिने एलआइसी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जीवन बीमा कम्पनीले सोमबार सार्वजनिक गरेको सोही अपरिष्कृत वित्तीय विवरणले यसको सबलता झल्काएको हो ।
विगत लामो समयदेखि नेपाली बीमा बजारमा विरासत कायम गर्दै आएको एलआईसी नेपालले २३ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको गत आर्थिक वर्षको समिक्षा अवधिमा १९ करोड २४ लाख रुपैयाँ मुनाफा कायम भएको देखिन्छ ।
यता, एलआइसी नेपालको खुद बीमा शुल्क १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ, चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा १९ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी क्षमताले यसको सबलता झल्काएको महशुस हुन्छ ।
त्यस्तै, कर्जा तथा लगानीबाट ७ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले कुल आम्दानी २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ कायम गर्न सफल भएको छ ।
हाल एलआईसी नेपालको ईपीएस ६ रुपैयाँ २९ पैसा, नेटवर्थ पर शेयर १ सय ९८ रुपैयाँ ९७ पैसा रहेको बेलामा यसको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको देखिन्छ ।
त्यस्तै, कम्पनीको जगेडा कोषमा ३ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ छ भने महाविपत्ती कोषमा ६७ करोड ७६ लाख रुपैयाँ एवम् लाइफ फण्डमा १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ कायम भएको कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।