

शिक्षक महासंघ सरकारसँग वार्तामा जाने




काठमाडौं । तीन दिनभित्र शिक्षक आन्दोलन टुंग्याउन सर्वोच्च अदालतले निर्देशन दिएको बेलामा शिक्षक र सरकारबीच वार्तामा बस्ने सहमति जुटेको छ।
यता, नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी छिन् । ‘भर्खर सडकको कार्यक्रम सकियो । हामी सडकमै छौँ,’ उनले भनिन्, ‘शिक्षामन्त्रीले बोलाउनुभएको छ । सल्लाह गरेर भेट्न जान्छौँ ।’
साथै, नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज शुक्रबारै विज्ञप्ति जारी गरेर शिक्षकहरूलाई वार्तामा बोलाएसँगै शिक्षकहरु सरकारसँग एक ठाउँमा बसेर आवश्यक निचोड निकाल्ने संकेत देखिएको हो।