

राजधानीमा शिक्षक आन्दोलन चलिरहेको बेला भरतपूरमा प्रिन्सिपल ओमराज मैनाली मृत फेला




भरतपुर । भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली केही दिन अघिदेखि सम्पर्क विहीन अवस्थामा थिए । जब उनी भेटीए उनी जीवत नभई मृत अवस्थामा पेला परेको खबर प्राप्त भएको छ।
मैनाली भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरी स्रोतको दाबी छ।
देवघाट जंगलको ढुंगेधाराको केही तलपट्टी नारायणी नदी किनारमा उनी घोप्टो परेको अवस्थामा रहेका थिए। सोही अवस्थामा नै उनले ज्यान गुमाई सकेका थिए । स्रोतका अनुसार ३ दिनदेखि मैनाली सम्पर्कमा आएका थिएनन्।
भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड उनी बस्दै आएका थिए । जम्मा ४५ बर्ष टेकेका मैनालीले न्यू होराइजन इङ्लिस स्कुलको प्रिन्सिपल समेत रहेको बुझिएको छ। उक्त स्कूलमा आवद्ध हुनु अघि मैनालीले अंकुरम एकेडेमीका सहायक प्राचार्यको अनुव हाँसिल गरेको बुझिएको छ।
उनका श्रीमती र २ छोरीहरु रहेको बुझिएको छ। हालसम्म मृत्युको कारणबारे कुनै पनि ठोस प्रमाण बाहिरीएको छैन ।
अकारण अनाहकमा ज्यान गुमाएका मैनाली प्रतिनिधी पात्र मात्र हुन् । हुनै पनि बेला जो सुकैलाई हाइ थ्रेड रहेको उक्त घटनाबाट विश्लेषण हुन थालेको छ । साथै, छ्ट्टिै उनको रहस्यमय मृत्युको कारण पत्ता लागोस् भन्ने सबैको अपेक्षा रहेको छ । यसमा सम्बन्धित सरोकारवाला निकायहरुले नडग्मगाईकन गहिरो अनुसन्धान गरुन् भन्ने झिनो अपेक्षा चौतर्फी रुपमा रहेको छ ।
राजधानीमा पीडा पोख्दै शिक्षकहरु सडकमा, भरतपुरमा रहस्यमय रुपमा अस्ताय प्रिन्सिपल मैनाली
यता, राजधानी काठमाडौंमा भने आफ्ना विभिन्न माग तथा असन्तष्टि लिएर देशभर शिक्षकहरु एउटै आँगनमा उभिएर आन्दोलन गरिरहेका छन् । ठीक यही बेलामा राज्यबाट अनकौ असन्तुष्टि व्यहोर्नु परेको आवाज चौतर्फी रुपमा उठिरहेको बेलामा एक यूवा प्रिन्सिपल मैनालीको मृत्यु थप रहस्यमय बन्न पुगेको हो ।