

शिक्षामन्त्रीमा रघुजी पन्त




काठमाडौं । शिक्षामन्त्रीको जिम्मेवारी रघुजी पन्तले सम्हाल्ने भएका छन् । पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री पदमा नियुक्त गरेको खबर छ।
यता, यही वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । हाल सोही रिक्त पदमा पन्तलाई मन्त्री बनाइएको छ।
शिक्षक आन्दोलन चर्किरहेको बेलामा केही (कडा र हक्कि स्वभाव) तथा बोल्ड निर्णय गर्ने र बोल्न त्यति नहिच्किचाउने स्वभावका रुपमा लोकप्रिय पन्तलाई जिम्मेवारी दिइएको छ । अहिले जुन पदमा उनलाई जिम्मेवारी दिइएको छ सोही क्षेत्रको एजेण्डा लिएर देशभरका शिक्षकहरु जम्मा भएर राजधानीको सडक तताई रहेका छन् । विद्यार्थीहरुको एकदिन अघि मात्रै (प्लस टु) कक्षा १२ को परिक्षा समेत सरेको अवस्था छ । यस्तो बेलामा पन्तले कुन शैलीबाट शिक्षक आन्दोलनलाई सम्बोधन गर्छन् भन्ने ठूलो चासोको विषय बनेके छ ।
साथै, प्रधानमन्त्री निकट स्रोतले उनको शपथ भोलि हुने बताइरहेको बेलामा शैक्षिक क्षेत्रको विकासमा उनले लिन नयाँ रणनीति के-कस्तो रहला ? त्यो भने हेर्न बाँकी नै छ ।