
आगामी आवको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गरिने



काठमाडौं । आउने आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम यही वैशाख १९ गते संसदमा पेस हुने जनाइएको छ । वैशाख १९ गते नीति तथा कार्यक्रम पेश गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार पारिएको जनाइएको हो ।
यता, सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका छन् । साथै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने बताइएको हो।


