

प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरियो उच्चस्तरीय सुशासन आयोग




काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोगको गठन गरेको छ । उक्त आयोग सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्माण गरिएको हो ।
यता, उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ । त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने एक मन्त्रीले जानकारी दिएका हुन् ।