
घट्यो नेप्से परिसूचक, ८ अर्ब ७७ करोड बढीको कारोबार



काठमाडौं । सोमबार नेप्से परिसूचकमा गिरावट देखिएको छ । सो परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा पुगेको हो ।
यता, सेन्सेटिभ इण्डेक्सतर्फ भने ०.७६ अंकको गिरावट देखिएको छ । फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक घटेको परिसूचकमा देखिन्छ।
त्यस्तै, आज ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३ रुपैयाँ बराबर कारोबार भएको बेलामा आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको हो।
कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४० रुपैयाँ पुगेको छ । आज १ सय १२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेको हो।

