
ढल्केबर सबस्टेसनमा आगलागी



काठमाडौं । ढल्केबर सबस्टेसनमा आगलागी भएको छ । बुधबार नेपाल विद्युत् प्राधिकरणको उक्त सबस्टेसनमा रहेको १३२/३३ केभीको ट्रान्फर्मर सिटी बिस्पोट भएको हो ।
मुख्यतय तराई भेगमा उच्च गर्मीका कारण मेसिनरी सामानहरु तात्ने तथा विस्पोट हुने गरेको घटनाहरु घट्ने गर्छन् । सोही भेटमा विद्युत् प्रवाहको चाँप बढ्दा आज बिहान करिब ७ः३० बजे ट्रान्फर्मरमा सट भएको थियो ।
सोही आगलागी नियन्त्रणमा आइसके पनि सिटी पड्किँदा कहाँ–कहाँ क्षति भयो भन्ने खोजी भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले खुलाएका छन्। यता, सबस्टेसनको ट्रान्सफर्मर पड्किएको नभई फिडरमा विद्युत् जाँच गर्ने क्रममा करेन्ट ट्रान्फर्मर पड्किएको जनाइएको हो।
आज भएको आगलागीबाट सिन्धुलीतर्फ जाने ३३ केभी फिडरतर्फको विद्युत्मा धक्का पुगेको थियो । त्यस्तो बेलामा बिजुली आपूर्ति अवरुद्ध हुँदा धनुषा, महोत्तरी र सर्लाहीको केही स्थानहरुमा विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साथै, १३२ केभी लाइन भने सबै ठाउँमा चालु भइसकेको बेलामा अहिले भने हाल विद्युत् अवरुद्ध भएका क्षेत्रको आपूर्ति सुचारु गर्न अर्कोतर्फबाट लाइन जडान तयारी भइरहेको एक स्थानीयले बताएका छन् ।

