

नेपाल बीमा प्राधिकरणमा कान्छा अध्यक्ष, लघु बीमाले लट्पट्याउन खोज्दा भेट्यो झापड




काठमाडौं । हाल नेपाली लघु बीमा कम्पनीमा एउटा (ट्रेण्ड) चलन नै छ । त्यस्तो,लहर या चलन अहिले बीमा कम्पनीहरु बामे सर्दैछन् भने सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु केही अनुवभी छन् । यस्तो हुनु आफैमा राम्रो संयोग हो । किनभने सोही कम्पनीमा नेपाल बीमा प्राधिकरणले अनुभवी सीईओले व्यवसायीक चुनौती खेप्न र धान्न सक्ने भन्दै केही केस पकाएका पाका र अनुभवी सीईओहरुलाई नै नियुक्ती दिएको बुझ्न सकिन्छ ।
तर, सोही विज्ञान नेपाल बीमा प्राधिकरण आफैमा भने लागु हुँदैन । हाल नेपाल बीमा प्राधिकरणको मुख्य पदमा रहेका अध्यक्ष सम्भवत सबै लघु बीमा कम्पनीका सीईओहरुको तुलनामा उमेरको हिसाबले कान्छा छन् ।
आज हामीले उमेर र कार्य क्षमतालाई दाँज्न खोजेको होइन । तर, नेपाल बीमा प्राधिकरणले धेरै विषयमा छुट दिँदै आएको एवम् उदाउदो कम्पनीको रुपमा बेला बखतमा रेट कटिङ गर्दै पुल्पुल्याएको लघु बीमाले अहिले भने गतिलो झापड भेटेको छ ।
सन्दर्भ हो, लघु बीमा कम्पनी गार्डीयन माइक्रो लाइफले नेपाल बीमा प्राधिकरणको निर्देशन अटेर गर्नु ।
कुनै पनि बैंक वित्तिय संस्थाहरुको आर्थिक पारदर्शीता, सुशासन, अनुशासन तथा वृद्धि विकासकालागि उसको साधारण सभा र विशेष साधारण सभालाई निकै महत्वपूर्ण मापकको रुपमा औँल्याउँने गरिन्छ । तर, लघु बीमकले विशेष साधारण सभा गर्न खोज्दा नेपाल बीमा प्राधिकरणले अनावश्यक दबाब सुरु गरेको हो कि लघु बीमकले बीमा प्राधिकरणका नयाँ अध्यक्षलाई अटेर गरेका हुन ? भन्ने गम्भिर प्रश्न सिर्जना भएको छ ।
भलै, प्रकृयागत त्रुटी जताबाट भएको भए पनि त्यसको सुक्ष्म खोजी, अध्ययन अनुसन्धान हुने नै छ । विगतदेखि बीमा कम्पनीहरु र सरोकारवालाहरुको कुरा नसुनी सिधै निर्णय गर्ने अनि पछि पटक-पटक लाचार भएर आफ्नै निर्देशन सच्याउँन बाध्यन हुने नेपाल बीमा प्राधिकरणदेखि सकेसम्म लुप होल खोज्ने कतिपय नेपाली बीमा कम्पनीको पुरानो परिपाटीलाई छिट्टै अन्त्य गर्नु पर्ने सरोकारवालाहरुको माग छ । ठीक यस्तै बेलामा आफ्नो सभा गर्न हतारिएको लघु बीमक तथा ठाडो निर्देशन दिने बीमा प्राधिकरण बिच भएको के हो र त्यसको वास्तविकता कस्तो छ ? भन्ने स्पष्ट भइनसकेको अवस्था छ ।
आशा छ गरिब गुरुवा बीमित माथि सपथ खाँदै, दैनिक बीमालेख बिक्री गर्ने उदाउदो लघु बीमक र नेपाल बीमा प्राधिकरणले हार्दिकता स्वरुप समस्या सुल्झाउँदै जाउँन । होइन भने लघु बीमकमा छुटको नाममा अटेरीपना मौलाउँदै जाने र बीमा प्राधिकरणका एउटा अध्यक्षले हर कुरामा सहुलियत दिएको बेलामा नयाँ अध्यक्षबाट झ्याप्पैपत्र काट्ने र कडाईको डण्डा चलाउँदा बीमा माथिको व्यावसायीक विश्वस्नीयता र वास्तविक बीमाको समेत गहिरो खोजी गर्नु पर्ने देखिएको छ ।
यसबाट बीमा क्षेत्रको मुख्य नेत्तृत्व दुई धु्रवमा विभाजन भएमा त्यसले लघु बीमा कम्पनीहरुले हालसम्म सिकेको संस्कार र बीमा प्राधिकरण एवम् लघु बीमकले एक अर्कालाई हेर्ने दृष्टिकोणमा हाल एक्कासी ठूलो फेरबलद आएको सिधैं बुझ्न सकिन्छ ।