

प्राधिकरणले रोक्यो गार्डिन माइक्रोको विशेष सभा,अनुभवी सीईओ-डीसीईओले किन चाले त्यस्तो कदम ?




काठमाडौं । तामझामका साथ साधारण सभा गर्न जुटेको लघु बीमक गार्डियन माइक्रो लाइफलाई नेपाल बीमा प्राधिकरणले उल्टै सभा रोक्न निर्देशन दिएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो विशेष साधारणसभा गर्ने अन्तिम तयारी गरि रहदा प्राधिकरणले त्यस्तो निर्णय गरेको हो।
यसभन्दा अघि गार्डियन माइक्रो लाइफले आफ्नो वार्षिक साधारण सभा भने सम्पन्न गरिसकेको अवस्था छ । यता, वर्तमान चुक्तापुँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्न तयार भएको गार्डियन माइक्रोको सभा नै विशेष सभा नै रोक्किएको अवस्था छ ।
सोही विशेष साधारण सभा प्रयोजनकै लागि गत चैत २८ गते बुक क्लोज गर्दै यही बैशाख ५ गतेलाई एसजिएम डाँकिएको थियो । नेपाल बीमा प्राधिकरणसँग वैधानिक प्रकृया नपुर्याई सिधै कार्यक्रमको मात्र तयारी गरेकाले तत्कालका लागि सभा रोक्किएको बुझिएको छ ।
सोही कम्पनीमा नियामक निकायको समेत कार्यअनुभव हाँसिल गरेकाअनुभवी डीसीईओदेखि नेपाली बीमा क्षेत्रका विभिन्न कम्पनीको गहिरो अनुभव हाँसिल गरेका सीईओ नै हाल कार्यरत छन् ।
तर, गार्डीयन माइक्रो लाइफले किन यस्तो निर्णय चाल्यो ? भन्ने विषयमा कम्पनीले आफ्नो कुनै पनि स्पष्टीकरण दिइसकेको अवस्था छैन् ।