

९ महिनामा वीरगञ्ज भन्सारले संकलन गर्यो १ खर्ब २४ अर्ब राजस्व




वीरगञ्ज । देशकै ठूलो भन्सार भनेर चिनिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ। त्यसरी संकलन भएको रकम साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ सङ्कलन भएको जनाइएको हो ।
यत, गत फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा देखिन्छ।