

वर्षान्तको दिन पनि बढ्यो सुनको मूल्य, तोलाको एक लाख ८६ हजार रुपैयाँ पुग्यो




काठमाडौं । आज २०८१ सालको अन्तिम दिन हो । यो वर्षको अन्तिम दिन पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।